देश बनाउन एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्छ : ओली « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

देश बनाउन एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्छ : ओली


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् ।

एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए ।

ओलीले भने, ‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ? हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’

सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ‘सरकारमा पुगेपछि कसको सोच कसले मान्ने ? हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ,’ उनले भने ।

दुनियाँका मान्छे सबै पागल भएर दलीय सिस्टम आएको हो र ? भन्ने प्रश्न गर्दै ओलीले भने ‘मेचीदेखि महाकालीसम्मको मान्छे एउटा कार्यक्रम र एउटा उद्देश्यमा चलेन भने राष्ट्र निर्माण कसरी हुन्छ ?’

देश बनाउन फरक फरक सोच भएका व्यक्ति नभई एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्ने ओलीको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस