केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

केपी ओलीको गुप्तचरी नगरेको सरकारको स्पष्टीकरण


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सरकारले प्रमुख प्रतिपक्षी दलका नेताको गुप्तचरी नगरेको स्पष्टीकरण दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो घर अगाडि गुप्तचर खटाएको र नागरिकको फोन ट्यापिङ गरेको दाबी गरेका थिए ।

तर शुक्रबार मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीको दाबी खण्डन गरे । गुप्तचर खटाएको र फोन ट्यापिङ गरेको दाबी निराधार भएको उनले बताए । ‘यस्तो भ्रममा कोही पनि नपर्न हुन अनुरोध छ,’ उनले भने ।

सरकार व्यक्तिको स्वतन्त्र र गोपनीयताको अधिकारप्रति सचेत रहेको र यसको सम्मान तथा संवर्द्धन गर्न प्रतिबद्ध रहेको समेत मन्त्री कार्कीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस