‘देश बरबाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ’ -ओली  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘देश बरबाद हुनबाट बचाउन एमालेले जित्नुपर्छ’ -ओली 


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई चुनाव हार्ने छुट नभएको बताएका छन् । काठमाडौँमा भएको कार्यक्रममा ओलीले देशलाई हार्न नदिन एमालेले चुनाव जित्नु पर्ने बताएका हुन् । 

‘चुनाव हारेमा एमालेका लागि त केही छैन, ५ वर्ष प्रतिपक्षमा बसेर देश र जनताको पक्षमा बोल्छ,’ उनले भने, ‘तर, एमालेले हार्दा देश हार्छ, एमालेले जित्नै पर्ने कारण के छ भने देशलाई जिताउनु छ ।’

अहिलेको सरकारले १ वर्षमा नै देशलाई दुर्गतिमा लगेको भन्दै उनीहरूले थप ५ वर्ष यस्तै गरेर देश चलाए खत्तम हुने ओलीको भनाई छ । 

सत्तारुढ गठबन्धनका नेताहरूको कुनै गन्तव्य नै नभएको आरोप लगाएका ओलीले देशलाई बरबादीबाट बचाउनका लागि एमालेले चुनाव जित्नु पर्ने दोहोर्‍याए ।

 ‘मोहन विक्रम सिंहको गन्तव्य के हो भन्दा–प्युठान, आ–आफ्ना छन्, शेरबहादुरको के हो भन्दा–म्याडम साहेबा, प्रचण्डको गन्तव्य के हो भन्दा–सुपुत्री,’ ओलीले भने, ‘यस्ता यस्ता गन्तव्य लिएर हिँडेका छन् यिनीहरू, त्यसका लागि जे पनि गर्छन् । जस्तोसुकै कुकृत्य गर्न पनि तयार छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस