निहारिका राजपूत प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निहारिका राजपूत प्रहरी नियन्त्रणमा


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । 

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन । 

बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् । 

Tags :
प्रतिक्रिया दिनुहोस