परराष्ट्र मन्त्री खड्का २४ गते चीन भ्रमणमा जाने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

परराष्ट्र मन्त्री खड्का २४ गते चीन भ्रमणमा जाने


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्काले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा खड्का साउन २४ गते चीन जान लागेका हुन्।

खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई पक्षीय वार्ता हुनेछ।

एक वर्षअघि शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल सरकारका उच्च कूटनीतिज्ञ चीन जान लागेका हुन्। 

Tags :
प्रतिक्रिया दिनुहोस