वीरगञ्जमा आज शोक बिदा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

वीरगञ्जमा आज शोक बिदा


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा शुक्रबार शोक बिदा दिइएको छ ।

महानगरपालिकाको कार्यालयको विद्युत् शाखामा कार्यरत कुल्ली पदका सुशिलकुमार राउतको निधन भएकोले शोक बिदा दिएको हो ।

शुक्रबार अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द राखिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेलले बिहीबार सूचना जारी गर्दै उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस