कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कैलालीमा बाघको छाला सहित ४ जना पक्राउ


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । बाघको छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

अवैध बाघको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा आरआईटी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा डोटी जोरायल गाउँपालिका २ बस्ने समीर ओली, चुरे गाउँपालिका ६ बस्ने टेक बहादुर रावत, सोही ठाउँ बस्ने धिरेन्द्र रावत, र बैतडी डिलासैनी गाउँपालिका २ बस्ने राजेन्द्र सिंह भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

उनीहरूको साथबाट टाउकोदेखि पुच्छर सम्म ४ फिट ७ ईन्च, पुच्छरको लम्बाइ ३ फिट २ ईन्च चौडाइ २ फिट २ ईन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा, हण्डी २ केजी बरामद गरेको प्रहरीले जाएको छ ।

गोदावरी नगरपालिका २ तेघरी खानेपानी ट्याङ्ककी नजिक सडकमा पुग्दा बुडरबाट धनगढी तर्फ आएको सुपप्र ०४-००१ च०००६ बोलेरो जिपलाई नियन्त्रणमा लिई बाघको छाला हड्डी सहित सो ४ जनालाई पक्राउ गरेको हो । 

बाघको छाला हड्डी सहित रीत पूर्वक बरामद गरी उनीहरूलाई पनि इलाका प्रहरी कार्यालय मालाखेतीको नियन्त्रणमा लिई जिल्ला बन कार्यालय कैलाली पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस