बास्केटबल खेलाडी ब्रिट्नीलाई ९ वर्षको जेल सजाय « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

बास्केटबल खेलाडी ब्रिट्नीलाई ९ वर्षको जेल सजाय


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । रुसी अदालत अमेरिकी बास्केटबल स्टार ब्रिट्नी ग्रिनरलाई ९ वर्षको जेल सजाय सुनाएको छ ।

गत फेब्रुअरीमा मस्को एयरपोर्टमा पक्राउ परेकी ३१ वर्षिया ग्रिनरलाई​ लागूऔषध ओसारपसारमा दोषी देखिएपछि रुसी अदालतले जेल सजाय तोकेको हो ।

ग्रिनरको सामानमा भांगको तेलसहित भ्याप क्यानिस्टरहरू फेला पारेपछि उनलाई पक्राउ गरिएको थियो । ओलम्पिकमा स्वर्ण विजेता ग्रिनर क्लब बास्केटबल खेल्न रुस गएकी थिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस