४० प्रतिशत सिनियर प्रहरी पुरस्कृत  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

४० प्रतिशत सिनियर प्रहरी पुरस्कृत 


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेपाल प्रहरीमा वरिष्ठ प्रहरी अधिकृतको दरबन्दी दुई हजार दुई सय २७ छ । जसमध्ये आठ सय ८७ जना अर्थात् करिब ४० प्रतिशत पुरस्कृत भएका छन् । 

प्रहरीमा एक आइजिपी, नौ एआइजी, २७ डिआइजी, ७९ एसएसपी, एक सय ७० एसपी, चार सय ५३ डिएसपी तथा एक हजार चार सय ८८ इन्स्पेक्टरको दरबन्दी छ । 

गत वर्ष पाँच सय ४४ इन्स्पेक्टर, दुई सय १९ डिएसपी, ९४ एसपी, १५ एसएसपी, १३ डिआइजी तथा दुई एआइजी पुरस्कृत भएका थिए । इन्स्पेक्टरभन्दा तल्लो तहमा ७६ हजार चार सय ५० मध्ये चार हजार दुई सय ५९ अर्थात् ५.५७ प्रतिशत पुरस्कृत भएका छन् । 

तल्लो तहतर्फ तीन सय १० वरिष्ठ सई, चार सय ६० सई, आठ सय ४४ असई, दुई सय ८३ वरिष्ठ हवल्दार, ६ सय २३ हवल्दार, ६ सय १२ सहायक हवल्दार, एक हजार एक सय पाँच जवान र ११ कार्यालय सहयोगी पुरस्कृत भएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस