साफ ​यू-२० च्याम्पियनसिप : उपाधिका लागि आज भारत र बङ्गलादेश भिड्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साफ ​यू-२० च्याम्पियनसिप : उपाधिका लागि आज भारत र बङ्गलादेश भिड्दै


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ ।  साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बङ्गलादेश भिड्दैछन्। 

खेल नेपाली समयअनुसार साँझ सवा ७ बजे भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुनेछ। 

प्रतियोगितामा अपराजित बङ्गलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्। 

बङ्गलादेशले समूह चरणका चार मध्ये तीन खेल जितेको थियो भने नेपालसँग बराबरी गरेको थियो। 

नेपाललाई ८-० गोलको फराकिलो अन्तरले हराएको भारत भने बङ्गलादेशसँग २-१ गोलले पराजित भएको थियो। 

प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली बिहीबार नै स्वदेश फर्किइसकेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस