कोसी नदीको डुबान प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कोसी नदीको डुबान प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै


२० श्रावण २०७९, शुक्रबार


काठमाडौँ । कोसी नदीको डुबान प्रभावित क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ । उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवका अनुसार अहिले स्थिति सामान्य हुँदै गएको छ । 

बाढी र डुबान प्रभावित बेलका नगरपालिकाका वडा नम्बर १, २, ३, ८ र ९ का गरी एक हजारभन्दा बढीलाई उद्धार गरी सुरक्षित स्थानमा राखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । 

उद्धार गरिएकाहरूमध्ये धेरैजसो आफन्तकोमा रहेकी पानीको सतह घटेकाले आफ्नै घरमा फर्किइसकेको यादवलाई उदृत गर्दै प्राधिकरणले जनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गरी अहिले पनि डुबान प्रभावित स्थानमा सुरक्षाकर्मी तैनाथी अवस्थामै रहेको प्रजिअ यादवले बताएका छन् । 

बाढी र डुवान प्रभावितहरूलाई इलाका प्रहरीको समन्वयमा नगरपालिकाबाट खाद्यान्न, टेन्ट, भाँडालगायत राहत वितरणको काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस