लुम्बिनी प्रदेशद्वारा ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल हस्तान्तरण  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

लुम्बिनी प्रदेशद्वारा ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल हस्तान्तरण 


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लाका ट्राफिक प्रहरीलाई १६ वटा मोटरसाइकल प्रदान गरेको छ । 

विहीबार बुटवलस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सञ्चारमन्त्री तिलकराम शर्माले प्रदेश प्रहरी प्रमुख नलप्रसाद उपाध्यायलाई हस्तान्तरण गरे । मोटरसाइकलहरू आवश्यकता अनुसार प्रदेशका जिल्लाहरूमा वितरण गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मन्त्रालयले ४४ लाख ९४ हजार ४ सय मूल्यका ती मोटरसाइकल प्रहरीलाई प्रदान गरेको मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले जानकारी दिए । 

मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले प्रहरी जनताको साथी भएकाले जनताकै रेखदेखमा सहयोग पुग्ने आशासहित मोटरसाइकल उपलब्ध गराएको बताए । प्रहरी प्रमुख उपाध्यायले प्रदेश सरकारप्रति आभार व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस