भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा ९ जनामा मंकीपक्स संक्रमण पुष्टि


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । नयाँ दिल्लीमा अर्का विदेशी नागरिकमा पनि मंकीपक्स संक्रमण देखिएको छ । योसँगै राजधानी नयाँ दिल्लीमा चार जना विदेशी नागरिकमा मंकीपकस संक्रमण देखिएको छ । पछिल्लो पटक फेला परेकी बिरामी ३१ वर्षीया महिला हुन् । 

उनी भर्खरै विदेश यात्रा गरेकी हुन् वा होइनन् भन्ने खुल्न सकेको छैन । भारतमा अहिलेसम्म ९ जना मंकीपक्सका सङ्क्रमित देखिएका छन् । सबै जना केरला र दिल्लीका हुन् । 

ती महिलालाई ज्वरो र छालामा समस्या देखिएको छ । उनको लोक नायक जय प्रकाश अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस