सप्तकोसी नदीको बहावप्रति चिन्ता व्यक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सप्तकोसी नदीको बहावप्रति चिन्ता व्यक्त


१८ श्रावण २०७९, बुधबार


विराटनगर । सप्तकोसी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानव बस्तीतर्फ प्रवेश गरेकामा प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राईले आज एक प्रेस नोट जारी गर्दै नदीको बहाव पश्चिमतर्फ बढ्दा प्रदेश नं १ को सुनसरी बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकामा आफू चिन्तित भएको उल्लेख गरेका छन् ।

मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् । उनले नदीको बहाव बस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रस लगायतका निकायलाई निर्देशन गरेका छन् ।

तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभित्र सामाजिक सङ्घसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं १ सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री राई अहिले कोभिड सङक्रमित भई स्वास्थ्यलाभ गरेका छन् ।

विसं २०६५ भदौ महिनाको पहिलो साता सप्तकोसी नदीमा आएको बाढी र कटानले तत्कालीन सुनसरीको पश्चिम कुसहा बाँध भत्किएपछि सुनसरीको मधुवन, लौकही, पश्चिम कुसहा, हरिपुर, श्रीपुरलगायत र भारततर्फ निकै ठूलो क्षति भएको थियो ।

बाँध भत्किन नदिन तत्काल सो क्षेत्रमा युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस