पेट्रोलियम पदार्थमा अझै घाटा छ : निगम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पेट्रोलियम पदार्थमा अझै घाटा छ : निगम


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य नघट्ने जनाएको छ ।

निगमलाई इन्धनको मूल्यमा अझै घाटा रहेको र पुरानो बक्यौता तिर्नकै लागि मूल्य यथावत राख्नुपर्ने अवस्था आएको निगमले जनाएको छ ।

‘पछिल्लो पटक प्राप्त नयाँ मूल्य सूचीले निगमलाई अझै १५ दिनमा ६३ करोड ५८ लाख रुपैयाँ घाटा हुने देखिएको छ’ निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

इन्धन खरिद गरेबापत भारतीय आयल कर्पोरेसन ९आईओसी०लाई अझै २३ अर्ब बक्यौता बाँकी रहेको पनि निगमले जनाएको छ । महँगो इन्धनको खपत कम गर्नका लागि सर्वसाधरणलाई निगमले अनुरोध समेत गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस