काठमाडौँ । सप्तकोसीको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ मा विद्यालय भवन र स्वास्थ्य चौकी क्षेत्र कटान गर्न थालेको छ ।
उक्त वडाको गोबरगाढामा रहेको आधारभूत विद्यालय कटान गरिरहेको बताइएको छ । त्यस्तै विद्यालय नजिक रहेको स्वास्थ्यचौकी पनि कटान भइरहेको छ ।
ती भवनहरु बाढीले बगाउने अनुमानमा पहिल्यै छानो र सामान सारिएको थियो ।







