नेपाली यू-२० टोलीसँग चाँडै सँगै काम गर्ने इच्छा छ : अल्मुताइरी « प्रशासन
Logo २४ श्रावण २०७९, मंगलबार
   

नेपाली यू-२० टोलीसँग चाँडै सँगै काम गर्ने इच्छा छ : अल्मुताइरी


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाँडै यू-२० टिमका खेलाडीसँग काम गर्न उत्साहित रहेको बताएका छन् ।

नेपालमा अल्मुताइरीको भविष्यलाई लिएर प्रश्न उठिरहेको अवस्थामा उनले बुधबार बिहान चाँडै नेपाली युवा टोलीसँग काम गर्न उत्साहित रहेको बताएका हुन् ।

“सकारात्मक र नकारात्मक पक्षसहित यू-२० साफ कप समाप्त भएको छ । यसमा सबैभन्दा महत्त्वपूर्ण भनेको भविष्यमा नेपाली फुटबलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने युवा प्रतिभाहरू जन्मिएका छन्,” अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेका छन्, “चाँडोभन्दा चाँडो तपाईँहरूसँग काम गर्न उत्साहित छु । अब साफ च्याम्पियनसिपका नराम्रो भावना बिर्सनुपर्छ र गल्तीबाट सिक्ने र त्यसलाई सुधार गर्नमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।”

Tags :
प्रतिक्रिया दिनुहोस