एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एसिया कप : भारत र पाकिस्तान अगस्ट २८ मा भिड्ने


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । १५ औँ संस्करणको एसिया कपको खेल तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक श्रीलङ्काले अफगानिस्तानसँग २७ अगस्टमा प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको आयोजक श्रीलङ्का नै भए पनि खेलहरू भने युएईमा हुँदैछन्।

भारत र पाकिस्तानबीच २८ अगस्ट दुबईमा भिडन्त हुनेछ। फाइनल सेप्टेम्बर ११ मा खेलिने तय छ।

एसिया कप पछिल्लो पटक २०१८ मा भएको थियो। यसपटक टी-२० फर्म्याटमा खेलाइने छ, जहाँ ९ टोलीको सहभागिता रहनेछ।

युएई, कुवेत, सिंगापुर र हङकङले छनोट चरणमा भिड्नेछन्। विजेताले भारत र पाकिस्तान सम्मिलित समूह ‘ए’ मा स्थान बनाउनेछ।

प्रतियोगितामा दुई समूहमा विभाजन गरी ६ टोली सहभागी हुनेछन्। भारत, पाकिस्तान र छनोट चरणको विजेता समूह ‘ए’ मा छन्। श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान समूह ‘बी’मा छन्।

समूहका शीर्ष दुई टोली सुपर-४ राउन्डका लागि छनोट हुन्छन्। सुपर(४ मा टिमहरूले फाइनलअघि फेरि एकअर्कासँग खेल्छन्। शीर्ष दुई टिम फाइनलमा पुग्नेछन्।  

समूह ए !

भारत विरुद्ध पाकिस्तान : २८ अगस्ट, दुबई

भारत विरुद्ध छनोट विजेता : ३१ अगस्ट, दुबई

पाकिस्तान विरुद्ध छनोट विजेता : २ सेप्टेम्बर, शारजाह

समूह बी !

श्रीलङ्का विरुद्ध अफगानिस्तान: २७ अगस्ट, दुबई

बङ्गलादेश विरुद्ध अफगानिस्तान : ३० अगस्ट, शारजाह

श्रीलङ्का विरुद्ध बङ्गलादेश  : १ सेप्टेम्बर, दुबई

Tags :
प्रतिक्रिया दिनुहोस