पेलोसीको भ्रमणले ताइपेईमा तनाव, २१ चिनियाँ लडाकु जेट वायु रक्षा क्षेत्रमा प्रवेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पेलोसीको भ्रमणले ताइपेईमा तनाव, २१ चिनियाँ लडाकु जेट वायु रक्षा क्षेत्रमा प्रवेश


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ  । २० भन्दा बढी चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा क्षेत्रमा उडेका ताइपेईका अधिकारीहरूले बताएका छन् । अमेरिकी सभाकी सभामुख न्यान्सी पेलोसी स्वायत्त टापुको विवादास्पद भ्रमण सुरु गरेपछि ताइवानको वायु रक्षा क्षेत्रमा चिनियाँ सैन्य विमान उडेको ताइवानका अधिकारीहरूले बताएका छन् । 

टापुको रक्षा मन्त्रालयले ट्वीटरमा जारी गरिएको एक विज्ञप्तिमा भनिएको छ, ‘ओटा २१ ओटा चिनियाँ जनसेनका विमान ताइवानको दक्षिण पश्चिम एडीआईजेड २ अगस्टमा प्रवेश गरेका छन् ।’

सभामुख पेलोसी मंगलबार साँझ ताइवान पुगेकी थिइन् । चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने चेतावनी दिँदै आएको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । 

चीनको कडा विरोधबीच पेलोसी एसिया भ्रमणका क्रममा ताइवान पुगेकी थिइन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ । 

ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो । एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन । पेलोसीले आज बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस