नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । २३ घण्टापछि सञ्चालनमा आएको नारायणगढ-मुग्लिन सडक खण्ड पुन: अवरुद्ध भएको छ ।  पहिरोका कारण सडक खुलेको साढे चार घण्टा पछि नै पुनः अवरुद्ध भएको हो ।  ।

सोमबार राती ११ बजे देखि बन्द सडक मंगलबार ९ : ४० तिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका २९ नारायणगढ मुग्लिन सडक खण्डको केराबारी (मौरी खोल पुल नजिकै) बर्षाको कारण माथिबाट लेदो सहितको पहिरो खसेर बाटो पुनः दुबै तर्फ अवरोध भएको छ ।

हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । रातिको पहिरोका कारण  नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एक ईण्डियन मिनी ट्रकको पछाडिको चक्का सामान्य रूपमा पुरिएको छ ।

माथिबाट झरेको लेदोमा चक्का  फस्न गई पुरिएपनी मानिसहरू बाहिर निस्किसकेकाले कुनै मानवीय क्षति भएको छैन ।अहिले बाटो खुलाउने पहल भइरहेको छ ।  सडक अवरुद्ध हुँदा  यात्रुहरू सडकमै अलपत्र परेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस