यू-२० साफ च्याम्पियनसिप : भारतले मालदिभ्सलाई हरायो, टुङ्गियो नेपालको यात्रा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यू-२० साफ च्याम्पियनसिप : भारतले मालदिभ्सलाई हरायो, टुङ्गियो नेपालको यात्रा


१८ श्रावण २०७९, बुधबार


काठमाडौँ । वैकल्पिक खेलाडी गुरकिरात सिंहले अन्तिम मिनेटमा गरेको गोलमा भारतले मंगलबार यू-२० साफ च्याम्पियनसिपमा मालदिभ्सलाई १-० ले हराएको छ । जितसँगै भारतले फाइनलमा स्थान बनाएको छ भने नेपालको यात्रा टुङ्गिएको छ । 

मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले बङ्गलादेशसँग १-१ को बराबरी खेलेको थियो । बराबरीमा रोकिएपछि नेपालको फाइनल पुग्ने झिनो आशा बाँकी थियो । त्यसका लागि दोस्रो खेलमा मालदिभ्सले भारतलाई हराइदिनुपर्ने थियो । तर, मालदिभ्सले भारतलाई हराउन सकेन । अन्तिम मिनेटमा गुरकिरात सिंहले गरेको गोल भारतको जितमा निर्णायक बन्यो । गुरकिरात ३०औँ मिनेटमा विनय हारजीको स्थानमा मैदान छिरेका थिए ।  

भारतले अब प्रतियोगिताको फाइनलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । बङ्गलादेश प्रतियोगितामा एक मात्र अपराजित टिम हो । बङ्गलादेशले भारतलाई २-१ ले हराएको थियो भने नेपालसँग १–१ को बराबरी खेलेको थियो । बङ्गलादेशले श्रीलङ्कालाई १-० ले हराएको थियो । मालदिभ्सलाई ४-१ ले हराएको थियो । 

भारत पहिलो खेलमा बङ्गलादेशसँग पराजित भए पनि श्रीलङ्कालाई ४-० र नेपाललाई ८औ० ले हराएको थियो । भारतको ९ अङ्क छ भने बङ्गलादेशको १० अङ्क छ । गत संस्करणमा पनि भारत र बङ्गलादेशले फाइनल खेलेका थिए । फाइनलमा भारतले बङ्गलादेशलाई २-१ ले हराउँदै उपाधि जितेको थियो । तर, गत वर्ष १८ वर्ष मुनीको उमेर समूहमा प्रतिस्पर्धा भएको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस