कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो । 

कारागारमा रहेका दुई सय ६२ मध्ये ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कैदीबन्दीको विवरण सङ्कलनका लागि कारागारभित्रै व्यवस्था मिलाइएको थियो । 

जिल्लामा हालसम्म एक लाख ५३ हजार एक सय ६० जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराएका छन् । विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता कार्यालयबाट उक्त सङ्ख्यामा विवरण दर्ता भएको छ । स्थानीय तहमा सञ्चालित अभियानबाट मात्र एक लाख १६ हजार छ सय ३४ जनाले विवरण दर्ता गराएका छन् । 

राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि विवरण दर्ता गर्नेको सङ्ख्या बढेको प्रशासन कार्यालयले जनाएको छ । राष्ट्रिय परिचयपत्रको विवरण बुझाउन अनलाइन पनि प्रयोग गर्न सकिन्छ । परिचयपत्रका लागि आवेदन बुझाउन अनलाइन प्रक्रिया पूरा गरी प्रशासन कार्यालयमा आफैँ उपस्थित हुनुपर्नेछ । तर अनलाइनबाट फारम भर्न सर्वसाधारणलाई गाह्रो हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस