तीन दिनभित्र बजेट विवरण प्रविष्ट गर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन दिनभित्र बजेट विवरण प्रविष्ट गर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र 


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । स्थानीय तहलाई तीन दिनभित्र बजेट प्रविष्ट गर्न परिपत्र गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष ०७९/०८० को बजेट सभाबाट पारित भएको विवरण अनिवार्य रूपमा मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न भनेको हो । 

तोकिएको समयावधिभित्र बजेट पारित गर्ने र नगर्ने स्थानीय तहको विवरण तयार गर्ने कार्य भइरहेको भन्दै मन्त्रालयले पोर्टलमा प्रविष्ट भएकै आधारमा केन्द्रीय विवरण सार्वजनिक हुने भएकोले सभाबाट बजेट स्वीकृत भएको यथार्थ विवरण पोर्टलमा उल्लेख गर्न भनेको हो । मन्त्रालयका अनुसार एक सय ४७ वटा स्थानीय तहले बजेट विवरण प्रविष्ट गरेका छैनन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा (६) मा नगर/गाउँ सभाले असार मसान्तसम्म आगामी वर्षको बजेट पारित गरिसक्नु पर्ने व्यवस्था छ । 

Tags :
प्रतिक्रिया दिनुहोस