अरनिको राजमार्गमा सडक भासियो, चीन जाने सवारी साधन ठप्प  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अरनिको राजमार्गमा सडक भासियो, चीन जाने सवारी साधन ठप्प 


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । अविरल वर्षाको कारण अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ । 

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवाहक सवारी साधनको आवागमन रोकिएको प्रहरीले जनाएको छ । 

सडक मर्मतको लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस