भारतसँग नेपालको लज्जास्पद हार, ८-० गोल अन्तरले पराजित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतसँग नेपालको लज्जास्पद हार, ८-० गोल अन्तरले पराजित


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपालले साविक विजेता भारतविरुद्ध लज्जास्पद हार व्यहोरेको छ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा नेपाल भारतसँग ८-० गोल अन्तरले पराजित भएको हो ।

भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोई र टाइसन सिंहले दुई-दुई गोल गरे ।

यस्तै हिमान्सु जान्ग्रा, टन्कधर बाग, गुर्किरात सिंह र सुभो पाउलले एक एक गोल गरे ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको भारतले दोस्रो हाफमा ७ गोल गरेको थियो ।

खेलको ३२ औँ मिनेटमा टाइसनले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५० औँ मिनेटमा पार्थिवले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

५२ औँ मिनेटमा पार्थिवले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए ।

खेलको ६६ औँ मिनेटमा टाइसनले व्यक्तिगत गोल गर्दा भारत ४-० ले अघि रह्यो ।

७१ औँ मिनेटमा हिमान्सु जान्ग्राले पेनाल्टीमा गोल गर्दै भारतलाई ५-० को अग्रता दिलाए ।

खेलको ७८ औँ मिनेटमा टन्कधरले गोल गर्दा भारत आधा दर्जन गोलले अघि रह्यो ।

९० औँ मिनेटमा गुर्किरातले गोल गर्दै भारतको अग्रता ७-० को बनाए ।

त्यसपछि खेलको इन्जुरी समयमा सुभोले गोल गर्दै भारतलाई ८-० को जित दिलाए ।

भारतको यो दोस्रो जित हो ।  जितसँगै भारतले ३ खेलमा ६ अङ्क जोडेको छ ।  भारतको फाइनल पुग्ने सम्भावना कायम रहेको छ ।

नेपालको यो पहिलो हार हो ।   नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ ।  

नेपालको पनि फाइनल पुग्ने संभवाना जीवित रहेको छ । 

अब नेपालले आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ ।

बंगलादेश ३ खेलमा ९ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

माल्दिभ्स र श्रीलङ्का उपाधि होडबाट बाहिरी सकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस