आजको मौसम : यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आजको मौसम : यी स्थानमा भारी वर्षा मापन, उच्च सतर्कता अपनाउन आग्रह


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । देशका केही स्थानहरूमा गए राति भारी वर्षा मापन गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाको दमक, उर्लाबारी, शनिश्चरे आसपास भारी वर्षा भएको छ । मेची विरिङ, निन्दा, रतुवालगायत साना खोलामा बाढीको जोखिम छ ।

नदी तटीय तथा डुबान भइरहने होचा भूभागमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यता, बागलुङ, कास्की, तनहुँ, गोरखा र आसपास केही स्थानमा भारी वर्षा मापन गरिएको छ । उक्त जिल्ला भई बहने साना नदीमा आकस्मिक बाढी तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

उता, सुनसरीको इटहरी र आसपास भारी वर्षा मापन गरिएको छ । बूढी खोला, खेसलिया खोलालगायत सो क्षेत्र भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस