पालिका अध्यक्षले दिलाए श्रीमतीलाई भान्सेको नियुक्ति « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

पालिका अध्यक्षले दिलाए श्रीमतीलाई भान्सेको नियुक्ति


१५ श्रावण २०७९, आइतबार


रामारोसन । करारका कर्मचारी हटाउने र राख्ने लहर चलिरहँदा सुदूर पश्चिम प्रदेशस्थित एक पालिकाका अध्यक्षले श्रीमतीलाई भान्सेको नियुक्ति दिलाएका छन् ।

अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले श्रीमती जयसरा साउदलाई कार्यालय सहायक सरहको तलब–सुविधा पाउने गरी भान्से बनाएका हुन् ।

जेठ १५ गतेदेखि लागु हुने गरी ६ महिनाको लागि गरिएको करार सम्झौतामा प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको हस्ताक्षर छ । सम्झौताअनुसार भान्सेका रूपमा उनले मासिक २१ हजार ३ सय पारिश्रमिक, वार्षिक १० हजार पोसाक भत्ता र चार्ड पर्वमा वर्षमा एक पटक एक महिनाको पारिश्रमिक प्राप्त गर्नेछिन् ।

भान्सेका रूपमा नियुक्त गरिएकी जयसरा समितिहरूको अनुगमनमा पनि जाने तथा यस्तै प्रकृतिको अन्य कामका लागि दैनिक भत्ता बेग्लै पाउने उल्लेख छ । 

Tags :
प्रतिक्रिया दिनुहोस