संसदीय समितिलाई कल डिटेल हेर्न दिइएन : केपी ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय समितिलाई कल डिटेल हेर्न दिइएन : केपी ओली


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नै गायब गरिएको दाबी समेत गरे ।

‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकलको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइँदैन, लजा । अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो’ उनले भने ।

ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनै पूर्णिमाको दिन राखी बानिदिएको तर्फ सङ्केत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए ।

‘थाहा पाउनु भयो होला–इन्टरनेशनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस