सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सभामुखद्वारा नागरिकता विधेयक प्रमाणित


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक प्रमाणित गरेका छन् ।

आज (आइतबार) सभामुख सापकोटाले संघीय संसद्‍बाट पारित भएको नागरिकता विधेयक प्रमाणित गरेका हुन् ।

साउन ६ गते प्रतिनिधिसभा र साउन १२ गते राष्ट्रियसभाबाट नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको थियो ।

अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।

२०७२ साल असोज ३ भन्दाअघि जन्मका आधारमा नागरिकता लिएका बाबु र आमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउने बाटो खुला गरेको छ ।

संविधान जारी भएपछि त्यसअनुसार नागरिकता कानुन संशोधन नभएका कारण नागरिकता पाउन वञ्चितहरुले अब नागरिकता पाउने भएका छन् ।

वैवाहिक अङ्गीकृत नागरिकताका सम्बन्धमा भने प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध जनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस