माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ-धौ भयो : कृष्णबहादुर महरा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादी बिग्रिएकाले पदाधिकारी छान्न धौ-धौ भयो : कृष्णबहादुर महरा


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टीको पदाधिकारी चयन गर्न धौ-धौ परेको बताएका छन् ।

प्रेस सेन्टरका नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गर्ने कार्यक्रममा बोल्दै महराले माओवादी पार्टीले जनता बिर्सँदै गएका कारण पार्टी व्यवस्थापनमा समस्या परेको बताए ।

‘हामीले जनता बिर्सियौँ । सहर ताक्न थाल्यौँ । पैसा कहाँबाट आउँछ भन्नेमा मात्रै लाग्यौँ । हामीलाई अहिले पद मात्रै चाहिएको छ । त्यसैले पदाधिकारी छान्न हामीलाई धौ धौ भइरहेको छ’, महराले भने ।

उनले पार्टी बिग्रिएको जिम्मेवारी सबैले लिनुपर्ने भन्दै पार्टी सुधारका लागि सबैले पहल गर्नुपर्ने बताए ।

नेत्रविक्रम चन्द ‘विप्लव’ प्रति लक्षित गर्दै उनले भने, ‘विद्रोहका नाममा बन्दुक बोक्ने बेला यो होइन । अहिले कलम चलाउने बेला हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस