२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सघन उपचार नपाउँदा ३२ वर्षीय युवाको मृत्यु

अ+ अ-

महोत्तरी । सर्पदंशका बिरामी एक ३२ वर्षीय युवाको समयमै भेन्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको छ ।

सिन्धुली घर भई बर्दिबास–४ माइस्थानमा निजी विद्यालय सञ्चालन गर्दै आएका युवराज श्रेष्ठको शनिबार राति सर्पले डसेपछि लगत्तै भ्यान्टिलेटरको सघन उपचार नपाउँदा मृत्यु भएको परिवारजनले बताएका छन् ।

श्रेष्ठ बर्दिबास–४ स्थित माइस्थान पब्लिक स्कुलको संस्थापक प्रधानाध्यापक थिए ।

करिब मध्यराततिर सर्पले डसेको थाहा पाउनासाथ परिवारजनले बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्र पुर्‍याएका थिए ।

गम्भीर अवस्थाका श्रेष्ठलाई भ्यान्टिलेटरको सघन उपचार आवश्यक भएको केन्द्रका प्राविधिकले बताएपछि जनकपुर पुर्‍याइएको थियो ।

झुल (मच्छरदानी) नलगाई सुतेका श्रेष्ठलाई घरको छानाबाट झरेको गोमन सर्पले घाँटीमै डसेको थियो ।

गोमनको डसाइले गम्भीर बनेका श्रेष्ठलाई भेन्टिलेटरमा सघन उपचारको आवश्यकता दर्साउँदै सर्पदंश उपचार केन्द्रका प्राविधिकले जनकपुर लैजान सुझाएपछि उनलाई जनकपुर पुर्‍याइए पनि उपचार हुन भ्याएन ।

प्रादेशिक अस्पताल जनकपुरका चिकित्सकले श्रेष्ठलाई मृत घोषित गरेका हुन् ।

‘सर्पदंशको घटना लगत्तै बर्दिबासमै भेन्टिलेटरको सघन उपचार पाएको भए ज्यानको आशा रहने थियो’, सर्पदंश उपचार केन्द्र बर्दिबास–३ गौरीडाँडा सञ्चालक बोर्डका अध्यक्ष कृष्ण देवकोटा भन्छन्, ‘दुःखका साथ भन्नुपर्छ, हामीले भेन्टिलेटरको प्रबन्ध गर्न सकेनौँ ।’

विगतदेखि बर्दिबास नगरपालिका नेतृत्व र मन्त्रालयसम्म यो सुविधाको माग कैयौँ पटक गरिए पनि कसैले चासो नदिएका अध्यक्ष देवकोटाको गुनासो छ ।

सर्पदंशका बाक्लै घटना हुने बर्दिबास क्षेत्रमा पछिल्लो घटनासहित एक महिनाभित्रै तीन जनाको मृत्यु सघन उपचार नपाएरै भइसकेको छ ।

तीन दिन पहिले एक जना र गत असारको तेस्रो साताको अन्त्यतिर एक गरी दुई जनाको भेन्टिलेटरको सघन उपचार नपाएरै मृत्यु भएको थियो ।

यसैबीच बर्दिबासमा नागरिक समाजका प्रतिनिधिले भेन्टिलेटर व्यवस्थापनका लागि नगर नेतृत्व र आफ्ना क्षेत्रका सङ्घीय सांसद (प्रतिनिधिसभा सदस्य) गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस