माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज (आइतबार) बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो ।

आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठक प्रभावित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस