१६ स्कुल बसका चालक कारबाहीमा, मापसे गरेको भेटियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१६ स्कुल बसका चालक कारबाहीमा, मापसे गरेको भेटियो


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ। ट्राफिक नियम पालना नगर्ने १६ वटा स्कुल बसका चालक कारबाहीमा परेका छन् ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई ८ साउनदेखि कारबाही तथा सचेतना अभियान थालिएको हो ।

अभियानलाई निरन्तरता दिने क्रममा  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारमात्रै विभिन्न स्कुलका १६ वटा बसलाई कारबाही गरेको हो ।

१६ मध्ये पाँचवटा बसका चालक मादक पदार्थ सेवन (मापसे) गरेर कारबाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकजाँचका क्रममा मापसे गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएर कारबाही गरिएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

स्कुल बस चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता भट्टले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस