क्याथे प्यासिफिक हङकङ-काठमाडौँ उडान गर्ने तयारीमा « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

क्याथे प्यासिफिक हङकङ-काठमाडौँ उडान गर्ने तयारीमा


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । हङकङको वायुसेवा कम्पनी क्याथे प्यासिफिकले हङकङ-काठमाडौं उडानको तयारी थालेको छ । सातामा एक दिन हङकङबाट काठमाडौँ उडान गर्न क्याथे प्यासिफिकले नेपाल उड्डयन प्राधिकरण (क्यान)सँग ‘स्लट’ मागेको हो ।

यो वायुसेवाले १ अक्टोबरदेखि १२ अक्टोबरसम्मका लागि स्लट मागेको थियो । एक महिनाको अवधिमा अकुपेन्सी ठीकठाक भए नियमित उडान गर्ने क्याथेको तयारी छ ।

कोभिडअघि हङकङबाट ड्रागन एयरले रातिमै काठमाडौँ उडान गरिरहेको थियो । कोभिड महामारी रोकथामका लागि लकडाउन गरेपछि ड्रागनको नेपाल उडान रोकिएको थियो ।

अहिले क्याथे प्यासिफिकले हङकङ-काठमाडौं उडान गर्न लागेको हो । ड्रागनले रातिमै उडान गरेको हुँदा क्याथे प्यासिफिकले पनि रातिमै उडान गर्ने क्यानको भनाइ छ । क्याथेले पहिला पनि उडान गरिसकेको हुँदा उडान अनुमति लिइरहनुपर्दैन । तर, क्यानबाट स्लट भने अनिवार्य लिनुपर्ने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस