२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो त्यो झोला  

अ+ अ-

बुधवारदेखि नै एउटा कार्यक्रममा धुलिखेलमा थिएँ । शुक्रवार लन्चपछि बसले सिंहदरवार ल्याएर छोडी दियो । हिँडेर घर जाने विचार थियो तर मुशलधारे पानी परेकोले बसबाट ओर्लिएर एउटा पसलको बाहिर ओत लागेर उभिएँ । पानी रोकिने नाम निशाना थिएन । एकतमासले परिरहेको थियो । केही बेर उभिएपछि नेपाल यातायात चढेर घर जाने सोच बनाएँ । 

भिज्दै बस चढ्न छिटो छिटो हिँडेँ र अनामनगरको घट्टे कुलो जाने चोकमा पुगेपछि हिँड्न लागेको बसको सहायकले जाने हो छिट्टो आउनु भनी कराउन थाल्यो । बस पछाडि अन्य गाडीहरूको लस्कर लामै थियो तिनीहरूले हर्न बजाउँदै थिए । किनभने बस अलि अलि गुड्दै थियो र सहायक मलाई छिटो आउनु भन्दै कराउँदै थियो । म पनि पछाडि भिरेको झोला हल्लाउँदै छिटो छिटो हिँड्दै थिएँ । बस पनि गुड्दै थियो । 

हस्याङ फस्याङ गर्दै दगुरेर बल्ल बल्ल बस भित्र छिरेँ । बसका सबै सिट भरिएका थिए तर उभिने कोही थिएनन् म बाहेक । अगाडिपट्टि महिला लेखिएको सिटको छेउमा डन्डी समाएर उभिएँ । बस भने म्याराथन दौडमा भाग लिए जस्तो गरी हुइँकियो र न्यूप्लाजा अगाडि गएर टक्क रोकियो । 

त्यहाँबाट भने धेरै नै मानिसहरू चढे । अब भने बसभरि मानिस खचाखच भए । बसको सहायक भाइ कर्कश स्वरमा कराउन थाल्यो “दिदी तपाईँको झोला उ पर राख्नु त यहाँ अरू मानिस हाल्नुपर्छ ।” 

“कहाँ राख्नु भाइ खै कुन ठाउँमा” मैले जवाफ दिएँ र प्ल्याकक पुलुक्क यताउता हेर्न थालेँ कतै झोला राख्ने ठाउँ पाइन्छ कि भनेर तर बसमा कहीँ पनि झोला राख्ने ठाउँ थिएन । बस गुड्न थाल्यो म पनि चुपचाप बसको धक्का खाँदै घरी यता घरी उता हल्लिँदै शरीरलाई सम्हाल्दै थिए । फेरी सहायक भाइ कराउन थाल्यो “दिदी कान सुन्नुहुन्न कि के हो ? तपाईँको झोला उता राख्नु भन्या, कस्ता कस्ता मान्छे चढ्छन् भनेको पनि टेर्दैनन् ।”उ एकोहोरो भुतभुताउन थाल्यो । 

बसमा भएका सबै मानिसहरू टाउको दायाँ बायाँ घुमाउँदै मलाई हेर्ने थाले । पछाडिको सिटमा बसेको एउटा भाइले त सिटबाट उठेर नै हेर्‍यो । मानौँ म ठुलै अपराधी हुँ जस्तो गरेर । धन्न मास्क लगाएको थिएँ र कसैले पुरै अनुहार त देखेनन् । मलाई कता कता नमज्जा लाग्यो । बस चढ्नु अघि नै म पछाडि झोला भिरेर आएको त्यो भाइले देखेकै थियो । गुडिसकेको बस पनि मलाई चढाउन रोकिएको हो । फेरि यो हप्काई दप्काई कस्तो हो ? 

मानिस बसमा चढेपछि आफ्नो साथमा भएको सामान लिएर नै चढ्छ । सामान फ्याँकेर मान्छे मात्रै चढ्दैन होला । सहायक भाइले मेरो हुर्मत नै लिने काम गर्‍यो । उसको कर्कश स्वरबाट बच्न भीडलाई धकेल्दै महिला सिटमा बसेका दुई महिलातिर झोला फर्काएर आफू उभिएको ठाउँबाट ढोकातिर फर्किएको मात्र थिएँ ढोका पट्टितिर बसेकी युवती कराइन् “दिदी तपाईँको यो झोला हटाउनु न मलाई अप्ठेरो भयो” । 

अब भने म छक्क परेँ । कहाँ राख्ने होला मेरो झोला ? झोला बोकेर बस चढ्नु भनेको त काला पत्थर चढ्नु जत्तिकै रहेछ । यता फर्के उताबाट कराउँछन्, उता फर्के यताबाट कराउँछन् । बसभित्र बसेका जति रमिते बनेर क्वारक्वारती मुन्टो बटारी बटारी हेर्छन् । बसमा मान्छे चढाउन जस्तो पोका र झोला बोके पनि बोलाई बोलाई अझ झोला नै बोकी दिएर चढाउने र चढी सकेपछि दुर्व्यवहार गर्ने, अपराधी नै बनाउन खोज्ने प्रवृत्तिले सार्वजनिक यातायातको गरिमालाई घटाई रहेको छ । 

सार्वजनिक यातायातमा यात्रा गर्दा हप्काई दप्काई नखाने यात्रुहरू कमै होलान् । धन्न मेरो बस चढ्नु पर्ने दुरी लामो थिएन । सहायक भाइको हप्काई दप्काई खाँदाखाँदै मेरो ओर्लने बेला आयो र भाइ माफ गरिदेऊ मेरो झोलाले तिमीलाई साह्रै तनाव दियो । के गर्नु साथमा भएको झोला फ्याक्न पनि सकिँदैन भन्दै ओर्लिए ।

ऊ भने केही नै नगरे जस्तो गरी फिस्स हाँस्यो त्यतिन्जेल पानी पनि रोकिएको थियो । अघि नै पानी रोकिएको भए म हिँडेर आउने थिए, धन्न पानी पर्‍यो र यात्रुको रूपमा नेपाल यातायातमा यो अनुभव गर्न पाएँ । 

प्रतिक्रिया दिनुहोस