अमेरिकी राष्ट्रपति बाइडन फेरि पनि कोरोना संक्रमित « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

अमेरिकी राष्ट्रपति बाइडन फेरि पनि कोरोना संक्रमित


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडन पुनः कोरोना संक्रमित भएका छन् । उनका डाक्टरहरूले यसलाई ‘रिबाउन्ड इन्फेक्सन’ भनेका छन् ।

राष्ट्रपति बाइडनमा सबैभन्दा पहिले २१ जुलाईमा कोरोनाबाट संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना संक्रमणको सामान्य लक्षणहरू थिए ।

त्यसपछि गत मंगलबारदेखि शुक्रबारसम्म चार पटक गरिएका परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर अहिले फेरि बाइडनमा कोरोना संक्रमण देखिएको बीबीसीले जनाएको छ ।

उनले आफूमा कोरोना संक्रमणका कुनै लक्षण नदेखिए पनि आफू आइसोलेसनमा रहने बताएका छन् । बाइडनका डाक्टरहरूले उनलाई उपचारको आवश्यकता अहिलेसम्म नदेखिएको तर नजिकबाट निगरानीमा राखिएको जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस