मगर सङ्घको सभापतिमा दिनेश थापा मगर सर्वसम्मत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मगर सङ्घको सभापतिमा दिनेश थापा मगर सर्वसम्मत


१५ श्रावण २०७९, आइतबार


dinesh_hapa-magar_magar-sangh

काठमाडौँ । नेपाली काँग्रेस भातृ संस्था, नेपाल राष्ट्रिय मगर सङ्घको केन्द्रीय सभापतिमा दिनेश थापा मगर सर्वसम्मत चयन भएका छन्।

काँग्रेस केन्द्रीय कार्यालयमा शनिबार भएको बैठकबाट मगर सभापति चयन भएका हुन्। मगरले यसअघि काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागको सचिवमा रहेर काम गरेका थिए।

लोकतन्त्रमा आस्था राख्नेहरूलाई पार्टी एवं राज्यका विभिन्न तहमा स्थापित गर्न आफूले सक्दो भूमिका खेल्ने उनले बताए।

उनले अब छिट्टै राष्ट्रिय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गरिने पनि बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस