काठमाडौँकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँकै उम्मेदवारले बुझाएनन् निर्वाचनको खर्च विवरण


१५ श्रावण २०७९, आइतबार


काठमाडौँ । देशको सङ्घीय राजधानी काठमाडौँकै उम्मेदवारले निर्वाचनको खर्च विवरण नबुझाएको पाइएको छ । 

निर्वाचनको मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र उम्मेदवारले सम्बन्धित निर्वाचन कार्यालयमा खर्च बुझाउनुपर्ने कानुनी व्यवस्था छ। तर उनीहरूले अझै पनि खर्च विवरण बुझाएका छैनन् । 

स्थानीय निर्वाचन-२०७९ मा काठमाडौं जिल्लाबाट कुल तीन हजार ३१० जनाले उम्मेदवारी दिएका थिए। जसमध्ये करिब दुई हजार १५० जना पराजित उम्मेदवारले निर्वाचन खर्च अझै पनि बुझाएका छैनन्। 

काठमाडौँ महानगरपालिकाको निर्वाचनको अन्तिम परिणाम जेठ ११ गते घोषणा भएको थियो। कानुनबमोजिम असार ११ गतेभित्र निर्वाचन खर्च बुझाउनुपर्नेमा उक्त समयभित्र महानगरका १८१ जना उम्मेदवारले निर्वाचन खर्च बुझाएको निर्वाचन कार्यालयका सूचना अधिकारी समिता बस्नेतले बताइन्। 

काठमाडौँ महानगरपालिकामा विभिन्न पदका लागि ८२५ जनाले उम्मेदवारी दिएका थिए। तीमध्ये १९३ जनाले मात्रै आफ्नो निर्वाचन खर्च बुझाएका छन्। 

१२ जनाले त कानुनले तय गरेको समयसीमा बाहिर गएर निर्वाचन खर्च बुझाएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस