बन्जी जम्प गर्ने रहर छ : ओली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

बन्जी जम्प गर्ने रहर छ : ओली


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना गरेका छन् ।

शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए ।

‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ उनले भने

तर युवाले डाक्टरलाई नसोधी बन्जी जम्प गर्न सक्ने ओलीले बताए । युवाले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा सहभागी हुनुपर्ने उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस