२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्राफिक कारबाहीबाट २१ लाख राजस्व सङ्कलन

अ+ अ-

बैतडी । सवारी दुर्घटनामा परेर यहाँ एक वर्षको अवधिमा २४ जनाको मृत्यु भएको छ ।

गएको आर्थिक वर्ष २०७८/७९ मा १३ सवारी दुर्घटनामा परेर २४ जनाको ज्यान गएको प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत आर्थिक वर्षमा पाँच जिप, तीन मोटरसाइकल, दुई ट्र्याक्टर, एक बस, एक टिप्पर र एक मिनीट्रक दुर्घटनामा परेका छन् । ती सवारी दुर्घटनामा १५ पुरुष, पाँच महिला र चार बालकको ज्यान गएको हो ।

यस्तै दुर्घटनामा परेर २३ जना घाइते भएका हुन् । ट्राफिक नियमको पालना नहुनु, कच्ची सडक लगायतका कारणले सवारी दुर्घटना हुने गरेको जनाइएको छ । यसैबीच गएको एक वर्षमा ट्राफिक प्रहरीले बैतडीमा तीन हजार आठ सयभन्दा बढी सवारी साधनहरुलाई कारबाही गरेको छ । गत आव २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार आठ सय २६ सवारी साधनलाई कारबाही गरिएको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने चार सय १५ ट्रक/ट्याङ्कर, ६४ बस, दुई हजार ९३ जीप, कार र भ्यान कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामसिंह भण्डारीले बताए ।

यस्तै तीन सय दुई ट्याक्टर, सात सय ७२ मोटरसाइकल र एक सय ४० अन्य सवारीसाधन कारबाहीमा परेका छन् । सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, सिट बेल्ट तथा हेलमेट नलगाउने, मादकपर्दाथ सेवन गरेका, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तीव्र गति लगायतका नेपाल सरकारले तोकेको सवारी नियम उल्लङ्घन गर्ने सवारी साधन कारबाहीमा परेका बताइएको छ । सवारीसाधन कारबाहीबाट रु २१ लाख १८ हजार राजस्व सङ्कलन भएको छ ।