स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मुत्यु, १४ जना घाइते « प्रशासन
Logo १८ आश्विन २०७९, मंगलबार
   

स्वर्गद्वारीमा तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा १ जनाको मुत्यु, १४ जना घाइते


१४ श्रावण २०७९, शनिबार


दाङ । प्यूठानमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, १४ जना घाइते भएका छन् ।

प्यूठानको स्वर्गद्वारी नगरपालिका– ४ भ्यागुतेमा शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । जीपमा १७ जना सवार थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस