फोहोरभित्रको गिरोहले नै फोहोर व्यवस्थापन गर्न नदिएको पर्यटनमन्त्री श्रेष्ठको दाबी  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

फोहोरभित्रको गिरोहले नै फोहोर व्यवस्थापन गर्न नदिएको पर्यटनमन्त्री श्रेष्ठको दाबी 


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको दाबी गरेका छन् ।

शनिबार काठमाडौँको वंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रममा उनले फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको बताए। उनले भने ‘सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ । फोहोर मैला भित्रको गिरोहले फोहोर मैला समाधान गर्न दिँदैन ।’

अब स्थानीय तहले नै फोहोरमैलालाई स्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने मन्त्री श्रेष्ठले बताए । स्थानीय सरकारलाई फोहोर मैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकारको सहयोग रहने पनि उनले बताए ।

मन्त्री श्रेष्ठले मठमन्दिरहरुमा सरसफाइ गर्न राष्ट्रिय अभियान सुरु गर्न लागेको पनि बताए ।

मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकार बलियो छ भन्ने कुरा अहिलेसम्म पनि बुझाउन नसकेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस