भारतले वेस्ट इन्डिजलाई हरायो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भारतले वेस्ट इन्डिजलाई हरायो


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रियमा भारतले घरेलु टोली वेस्ट इन्डिजलाई हराएको छ ।

शुक्रबार राति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो । वेस्ट इन्दिजका लागि शम्राह ब्रुक्सले २० रन जोड्दा केमो पाउलले अविजित १९ रन बनाए ।

निकोलस पुरण १८ रनमा आउट हुँदा केली मेयर्सले १५ रन बनाए । भारतका रविचन्द्र आश्विन, रबी बिश्नोई र अर्शदिप सिंहले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो । भारतका कप्तान रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ खेल्दा दिनेश कार्तिकले अविजित ४१ रन बनाए ।

सूर्यकुमार यादवले २४, रविचन्द्र जडेजाले १६ तथा ऋषभ पन्तले १४ रन बनाए । वेस्ट इन्डिजका लागि अल्जारी जोसेपले २ विकेट लिए ।

यस जितसँगै भारतले ५ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस