२४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार २८२ नमुना परीक्षण गर्दा ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये २ हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जना र १ हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा १८६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस