प्रचण्ड र यूरोपेली यूनियनका राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रचण्ड र यूरोपेली यूनियनका राजदूतबीच भेटवार्ता


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र यूरोपेली युनियनकी राजदूत नोना डोप्रेजबीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न डोप्रेजसहितको टोली खुमलटार पुगेको हो ।

भेटमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन र नेपालको विकास प्रक्रियामा युरोपेली युनियनको साथ रहेको उनले बताएकी छन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार नेपालको शान्ति प्रक्रिया सकरात्मक दिशामा अघि बढेको टिप्पणी गरेकी छन् ।

उनका अनुसार प्रचण्डले युरोपेली युनियनलाई सहयोगका लागि धन्यवादसहित नेपालको शान्ति र विकासको लागि साथ र सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस