एम अधिकारी भन्ने मान्छे खोजेर सभामुखसमक्ष बुझाएको छु, कारबाही होस् : महत « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एम अधिकारी भन्ने मान्छे खोजेर सभामुखसमक्ष बुझाएको छु, कारबाही होस् : महत


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे संसद्मा दिनदिनै जसो आवाज उठिरहेको छ ।

कहिले सत्तापक्षका सांसदहरूले एमाले अर्थ विभागको एम अधिकारी को हो ? भनेर प्रश्न गरिरहेका हुन्छन् भने कहिले एमालेका सांसदहरूले एम अधिकारीलाई देखाएर अरू मुद्दाबाट ध्यान भड्काउन सत्तापक्ष लागेको भनिरहेका हुन्छन् ।

एमालेले आफ्नो अर्थ तथा योजना विभागको एम अधिकारी को हो भनेर देखाउन नसक्दा सत्तापक्षका सांसदहरूले भने गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएर कारबाहीको माग गरिरहेका छन् । प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि एम अधिकारीको प्रसङ्ग आएको छ ।

सत्तारुढ माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी भेटिएको र कारबाही गर्न सभामुख सामू राखेको बताएका छन् । समिति गठन माग गर्दा पनि संसदले नसुनेको अवस्थामा आफूले खोजेर सभामुख कहाँ एम अधिकारी राखेकोले कारबाही गरियोस् भन्ने उनको माग थियो ।

नेपाल राष्ट्र बैङ्कको गभर्नर वा सञ्चालक समिति सदस्य कुनै पनि राजनीतिक दलमा संलग्न हुन नहुने कानुनी व्यवस्था छ । एमालेले अर्थ तथा योजना विभागमा घनश्याम भुसालको नेतृत्वमा एम अधिकारी, खोटाङ भन्ने नाम उल्लेख गरेको छ । तर, त्यो मान्छे को हो भन्ने भन्न सकेको छैन ।

यसअघि उक्त विभागमा हालका गभर्नर महाप्रसाद अधिकारी, खोटाङ थिए । उनैको नामको छोटकरी रूप राखेर विभागमा राखिएको आशङ्का गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस