दोहोरो अङ्कले बढ्यो नेप्से « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

दोहोरो अङ्कले बढ्यो नेप्से


१३ श्रावण २०७९, शुक्रबार


शेयर बजार

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ ।

शुक्रबार बजार परिसूचक नेप्से १२.९२ अङ्कले वृद्धि हुँदा २१४०.३९ अङ्कमा बन्द भएको छ ।

शुक्रबार हाइड्रोपावर, निर्जीवन बिमा र सामूहिक लगानी कोष उपसूचकमा गिरावट हुँदा अरू सबै उपसूचक बढेको छ । विकास बैङ्क उपसूचक ४.६१ प्रतिशत र होटेल तथा पर्यटन उपसूचक ४.२६ प्रतिशतले वृद्धि हुँदा सामूहिक लगानी कोष उपसूचक ०.८२ प्रतिशत र हाइड्रोपावर उपसूचक ०.३७ प्रतिशतले घटेको छ ।

दुई घण्टा मात्रै कारोबार हुने शुक्रबार नेप्सेमा ५१ लाख ११ हजार ३१० कित्ता सेयर किनबेच हुँदा २ अर्ब १९ करोड १६ लाख २० हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक १२ करोड ८६ लाख ५० हजारको कारोबार हुँदा लुम्बिनी विकास बैङ्कको ९ करोड ३४ लाख ४ हजारको कारोबार भएको छ ।

शुक्रबार १८३ कम्पनीको सेयर कारोबार भएकोमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ७१ कम्पनीको सेयर मूल्य गिरावट हुँदा ९ कम्पनीको सेयर मूल्य स्थिर छ । मर्जरमा जाँदा सेयर कारोबार रोक्का रहेको रिलायन्स लाइफको सेयर शुक्रबार कारोबार हुँदा १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

यस्तै राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ३.४८ प्रतिशतले गिरावट हुँदा जोशी हाइड्रोपावरको सेयर मूल्य २.५६ प्रतिशतले गिरावट भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस