२३ ओटा छत कछुवा सहित दुई जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

२३ ओटा छत कछुवा सहित दुई जना पक्राउ


१३ श्रावण २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–६ बौद्ध सिद्धार्थ ओरालो नजिकबाट २३ ओटा छत कछुवासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका–३ घर भएका २१ वर्षीय रमेश डङ्गोल र टोखा बस्ने सुनसरी बह्राक्षेत्र नगरपालिका–९ प्रकाशपुर घर भएका २१ वर्षीय अनुराग मगर रहेका छन् ।

उक्त स्थानमा छत कछुवा बिक्री हुँदै गरेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले हिजो (बिहीबार) जाँच गर्ने क्रममा जीवितै कछुवा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस