माओवादी केन्द्रको बैठकमा कुनै निर्णय भएन, बैठक फेरि बस्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादी केन्द्रको बैठकमा कुनै निर्णय भएन, बैठक फेरि बस्ने


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको आज (शुक्रबार)को बैठकबाट कुनै निर्णय नभएको बताइएको छ ।

बिहान कोटेश्वर, पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा आफ्ना भनाइ राखेका थिए । स्थायी कमिटी सदस्यहरूले पनि विभिन्न विषयमा बोलेका थिए ।

बैठकमा पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेलगायत विषयमा छलफल भए पनि कुनै निर्णय नभएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार अर्को बैठक यही साउन १५ गते बस्ने तय गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस