माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक जारी छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक सुरु भएको हो ।

बैठकमा पोलिटब्युरोको चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको सङ्गठनात्मक कामलाई कसरी अघि बढाउने बारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

पोलिटब्यूरो र पदाधिकारीको टुङ्गो नलगाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका थिए ।

उनी भारत भ्रमण सकाएर फर्किएपछि बैठक बस्न लागेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस